arrow

अमेरिकाले नेपाललाई १५ लाख डोज खोप दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २५ शुक्रबार
corona-vaccine-covid.jpg

काठमाडौं । अमेरिकाले नेपाललाई १५ लाख डोज खोप उपलब्ध गराउने भएको छ । काठमाडौं स्थित अमेरिकी दूतावासका प्रवक्ता एन्ना रिच एलेन अमेरिकाले १५ लाख डोज खोप उपलब्ध गराउने जानकारी दिएकी हुन् ।

‘नेपाली जनतालाई लागि अमेरिकाको दशकौँ पुरानो प्रतिवद्धताअनुसार र कोभिड १९ सङ्कटमा रहेको नेपाललाई जारी सहयोगको विस्तार अनुसार, हामीले १५ लाख जोन्सन एन्ड जोन्सनको खोप नेपाललाई सहयोग गर्दैछौं’ एलेनले भनेकी छन्, ‘यो अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई जीवन रक्षा गर्ने एकल उद्देश्य उपहार हो।’

खोप कसरी र कुन माध्यमबाट उपलब्ध हुन्छ भन्ने लगायतका थप जानकारी चाँडै सार्वजनिक गर्ने उनले बताएकी छन् ।

अमेरिकी फार्मास्युटिकल कम्पनी जोनसोन एन्ड जोनसनले उत्पादन गरेको खोप एक डोज दिए मात्रै पनि पुग्छ । यो खोपको प्रभावकारीता ६५ देखि ८५ प्रतिशतसम्म रहेको छ ।

नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीले थप प्रष्ट पार्ने क्रममा ट्विट गर्दै भने 'आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने गरी कोभीड१९ खोप निःशुल्क उपलब्ध गराउंदैछ। नेपाल-अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुसीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहनेछ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ