arrow

विम्बल्डनको उपाधिका लागि जोकोभिच र बेरेटिनी भिड्ने, यस्तो कीर्तिमान राखे बेरेटिनीले

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २६ शनिबार
djokovic-berrettini.jpg

काठमाडौं । डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच विम्बल्डन टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
इङ्गल्याण्डको लण्डनमा शुक्रबार राति भएको खेलमा क्यानेडियन खेलाडी डेनिस शापोभालोभलाई पराजित गर्दै विश्व नम्बर १ सर्वियन खेलाडी जोकोभिच फाइनलमा पुगेका हुन् ।

जोकोभिचले डेनिसलाई ७–६ (७–३), ७–५ र ७–५ को सोझो सेटमा पराजित गरे । पाँच पटकका च्याम्पियन जोकोभिच सातौं पटक विम्बल्डनको फाइनलमा पुगेका हुन् । २० औं ग्राण्डस्लाम उपाधि नजिक रहेका जोकोभिचले फाइनलमा सातौं वरियताका इटालियन खेलाडी माटियो बेरेटिनीसँग खेल्ने छन्  ।

कीर्तिमान राखे बेरेटिनीले 
पहिलो सेमिफाइनलमा पोलिश खेलाडी हुबर्ट हुकाजलाई पराजित गर्दै बेरेटेनी फाइनलमा पुगेका हुन् । बेरेटेनी ६–३, ६–०, ६–७ (३–७) र ६–४ को सेटमा पराजित गरे ।

२५ वर्षे बेरेटेनी फाइनलमा पुगेसँगै कीर्तिमान रचेका छन् । बेरेटेनी विम्बल्डनको फाइनलमा पुग्ने पहिलो इटालियन खेलाडी बनेका छन् ।

यस्तै माटियो ४५ वर्षपछि कुनै पनि ग्राण्डस्लामको फाइनलमा पुग्ने पहिलो इटालियन समेत बनेका छन् । यसअघि सन् १९७६ मा एड्रियानो पनाट्टाले फ्रेन्च ओपन जितेका थिए । त्यसयता इटालीका कुनैपनि खेलाडी ग्राण्डस्लामको फाइनलमा पुगेका थिएनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ