arrow

विम्बल्डनको उपाधि पहिलो पटक बार्टीलाई  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २७ आइतबार
aslaig-barti-tennis.jpg

काठमाडौं । अष्ट्रेलियन खेलाडी अस्लेइग बार्टीले विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । विश्व नम्बर एक अष्ट्रेलियन बार्टीले इङ्गल्याण्डको लण्डनमा शनिबार भएको फाइनलमा चेक रिपब्लिककी खेलाडी कारोलिना प्लिस्कोभालाई हराउँदै पहिलो पटक उपाधि जितेकी हुन् । 

२५ वर्षीया बार्टीले कारोलिनामाथि ६–३ र ६–७ (४–७) र ६–३  को प्रतिस्पर्धात्मक सेटमा पराजित गरिन् । बार्टीको यो दोस्रो ग्राण्डस्लाम उपाधि हो । यसअघि उनीले फ्रेन्च ओपन जितेकी थिइन् । बार्टीले पहिलो पटक फाइनल खेलेरै उपाधि जित्न सफल भएकी हुन् । 

बार्टीले सेमिफाइनलमा जर्मन खेलाडी एन्जलिक केर्बरलाई हराएकी थिइन् ।

पुरुषतर्फको उपाधिका लागि विश्व नम्बर सर्वियन खेलाडी नोभाक जोकोभिच र माटियो बेरेटिनी भिड्दै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ