arrow

ट्विटरले पनि खोल्यो भारतमा गुनासो संकलन गर्ने कार्यालय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २७ आइतबार
Facebook_twitter_google.jpeg

काठमाडौं । भारत सरकारले गत फेब्रुअरीमा आईटी सम्बन्धी नयाँ कानुन पास गरेकाे थियाे । सो कानुनले भारतमा सञ्चालित कुनै पनि सामाजिक सञ्जाल एवं ओटीटी प्लेटफर्महरुले गुनासो टिप्ने कार्यालय खोल्नु पर्ने प्रावधान अघि सारेको थिो ।

यसबाहेक उक्त कानुनले ट्विटर, फेसबुकलगतायतका सामाजिक सञ्जालले प्रत्येक महिना गुनासो संकलन गरिएको र ती गुनासाेमाथि छानबिन गरिएकाे रिपोर्ट पनि सार्वजनीक गर्नुपर्ने थियो ।

मे महिनादेखि कार्यान्वयनमा यो कानुन आएसँगै कुनै पनि सामाजिक सञ्जालमा अवैधानिक पोष्टहरु प्रकासित भएमा कुनै पनि व्याक्ति वा सरकारी निकायले हटाउनका लागि एवं कसले पोष्ट गरेको हो ? भनेर छानबिन गर्नका लागि ती कार्यालयहरूमा सम्पर्क गर्न सकिन्छ ।

फेसबुक, गुगल, टेलिग्रामलगायतले यसअघि नै यस्ताे कार्यालय स्थापना गरी आधिकारीक व्याक्ति समेत ताकिसकेको थियो । ट्विटरले भने आइतबार नयाँ कार्यालयसहित सम्पर्क अधिकारी विनय प्रकास भएकाे घोषणा गरेको हो ।

भारतमा ट्विटरका १० करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन् ।  सामाजिक सञ्जालको प्रयोग बढ्दै गएका बेला सामाजिक सञ्जालमा हुने अपराधिक गतिविधि समेत बढिरहेका बेला भारतले सञ्चालनमा ल्याएको नयाँ कानुनले यस्ता घटनाको छानबिन र नियन्त्रणका लागि सहजहुने आसा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ