arrow

कांग्रेसको नेतृत्व छान्न स्थानीय तह ‘निर्णायक’: यस्तो हुनेछ नगर/उपमहानगर/महानगरपालिका कार्यसमिति

logo
माधव चम्लागाई/युवराज गौतम
प्रकाशित २०७८ असार २७ आइतबार
nepali-congress-nagarpalika.jpg

काठमाडौं । नेपाली कांग्रेस १४ औं महाधिवेशनको आन्तरिक तयारीमा छ । कुनै समय संघीयता विरोधी भनेर आरोप खेपेको कांग्रेसले राज्य पुनःसंरचना अनुसार मजबुद विधान बनाएर यस पटक महाधिवेशनमार्फत पुरानो आरोप समेत चिर्दैछ ।

कांग्रेसले विधान अनुसार हरेक तहमा समावेशी समानुपातिक प्रतिनिधित्व हुनेगरी समावेशी चरित्रको सांगठनिक संरचना निर्माण गर्दैछ । २०७२ साल फागुनमा पार्टीको १३औं महाधिवेशनपछि कांग्रेसले संघीय संरचनाअनुरुपका संगठन निर्माण गर्न नसकेपनि अब त्यसबाट उम्कन पाउनेवाला छैन ।

नयाँ विधान,नयाँ अभ्यास

हाल कांग्रेसको नयाँ विधान कार्यान्वयनको चरणमा छ । नयाँ विधान अक्षरस पालन गर्दै मुलुकको तल्लो तहदेखि माथिल्लो तहसम्म विधानले व्यवस्था गरेका सांगठनिक संरचनालाई कायान्वयन गर्नैपर्ने बाध्यता यसबेला कांग्रेसको काँधमा छ । आफ्नै नेतृत्वमा जारी भएको नेपालको संविधान र उक्त संविधानले व्यवस्था गरेको संघीयताको अवधारणालाई पालना गर्नैपर्ने अवस्था पनि कांग्रेससँग छ । साथै शक्ति विकेन्द्रीकरण गर्दै तल्ला तहलाई पूर्ण अधिकार दिनैपर्ने दबाबमा पनि कांग्रेस छ ।

साउन १२ मा स्थानीय तहका अधिवेशन

नयाँ विधान भएकाले सांगठनिक संरचना के कस्तो बन्ने र प्रतिनिधि कसरी छनोट हुन्छन् भन्नेमा तल्लो तहका कार्यकर्ताहरुमा अलमल छ । यद्यपी, सात प्रदेश र ७७ जिल्ला अन्तर्गतका स्थानीय तहहरुमा साउन १२ गतेदेखि धमाधम अधिवेशनहरु हुँदैछन् । नेपालको संविधान र पार्टीको विधानलाई आधार मानेर ७५३ स्थानीय तह, १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३३० प्रादेशिक क्षेत्रदेखि सबै वडाहरुमा कांग्रेसका सांगठनिक संरचना खडा हुँदैछ  ।

यसैगरी राज्यको पुनःसंरचना अनुसार बनेका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिकादेखि ६ हजार ७ सय ४३ वडाहरुमा कांग्रेसको नयाँ समितिहरु गठन हुँदैछन् ।

गत अधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्य रहेको कांग्रेसले यस पटक नयाँ र पूराना गरी आठ लाख ५० हजार बढी क्रियाशील सदस्यको नामावली सुचिृकत गरिसकेको छ । झण्डै दोब्बरको संख्यामा बढेका क्रियाशील सदस्य नै कांग्रेसका मियो हुन् । र यीनै क्रियाशीलहरुबाट छानिएर आउने प्रतिनिधि कांग्रेसको तल्लो तहदेखि माथिल्लो तह सम्मको नेतृत्व चयन गर्ने निर्णायक शक्ति बन्नेवाला छन् ।

नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको संरचना कस्तो ? 

नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाको कार्यसमिति चयन गर्न सो पालिका क्षेत्र भित्रका कांग्रेसका क्रियाशील सदस्यहरुले मतदान गर्न पाउँछन् । नगरपालिका भित्रका क्रियाशील सदस्य मध्येबाट नै नगरपालिका भित्रको कार्यसमिति गठन हुन्छ ।

यसैगरी उपमहानगरपालिका भित्रका क्रियाशील सदस्य मध्येबाट उपमहानगर र महानगरपालिका भित्रका क्रियाशील सदस्य मध्येबाट त्यहाँ कार्यसमिति गठन हुन्छ ।  कार्यसमितमा एक जना सभापति क्रियाशील सदस्य मध्येबाट नै चुनिन्छन् । यी तहमा कांग्रेसको सभापति बन्नका लागि दुई वर्ष क्रियाशील सदस्यता लिएको पुग्नुपर्छ ।

यसैगरी नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको कार्यसमितिमा सभापति एक जनासहित उपसभापति दुई जना, सचिव दुई जना, सहसचिव दुई जना निर्वाचन प्रक्रियाबाट चुनिन्छन् । यस्तै सभापतिले निर्वाचित सदस्य मध्येबाट नाम प्रस्ताव गरी एक जना कोषाध्यक्ष मनोनित गर्न सक्नेछन् ।

यसैगरी प्रत्येक वडाबाट कम्तीमा एक महिलासहित ३ जना सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । यो संख्या हरेक नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकामा रहेको वडा अनुसार चयन भएर आउने हुँदा प्रत्येक नगरपालिका/उपमहानगरपालिका/महानगरपालिको कार्य समिति फरक फरक संख्याको हुनेछ ।

यस्तै महिला, दलित, आदीवासी जनजाती, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने सदस्य संख्याको दुई तिहाइ सदस्य सम्पूर्ण नगरपालिका उपमहानगरपालिकारमहानगरपालिकाको जनसंख्याको वनोट अनुसार, तोकिए बमोजिम समानुपातिक आधारमा निर्वाचित हुनेछन् ।

यसैगरी सभापतिले कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनु पर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यकको प्रतिनिधित्वसमेतलाई ध्यानमा राखी क्रियाशील सदस्य मध्येबाट कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्न सक्ने व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ