arrow

सदावहार प्रतिस्पर्धीहरु फेडेरर र नाडाललाई जोकोभिचको समर्पण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
djokovic-federer-nadal.jpg
तस्वीर – जोकोभिच, फेडेरर र नाडाल (बायाँबाट दायाँतिर) ।

काठमाडौं । विश्व नम्बर एक सर्भियन खेलाडी नोभाक जोकोभिचले ग्राण्डस्लाम टेनिस उपाधिमा पूर्व विश्व नम्बर एक टेनिस खेलाडीहरु रोजर फेडेरर र रफाइल नाडालको बराबरी गरेका छन् । 

जोकोभिचले आइतबार राति विम्बल्डन टेनिसको उपाधि जितेसँगै स्वीस खेलाडी फेडेरर र स्पेनिश खेलाडी नाडालको उपाधि संख्यासँग बराबरी गरेका हुन् । २१ औं शताब्दीका सर्वाधिक सफल तीन खेलाडीहरुले २० वटा ग्राण्डस्लाम उपाधि जितेका छन् । 

लण्डनमा आइतबार राति भएको फाइनलमा इटालियन खेलाडी माटियो बेरेटिनीलाई पराजित गर्दै जोकोभिक च्याम्पियन बन्न सफल भएका हुन् । जोकोभिचले सातौं वरियताका बेरेटिनी ६–७ (४–७), ६–४, ६–४ र ६–३ को सेटमा पराजित गरे ।

योसँगै जोकोभिचले छैटौं पटक विम्बल्डन जितेका छन् । गत महिनामात्रै जोकोभिचले फ्रेन्च ओपन जितेका थिए ।

२० औं ग्राण्डस्लाम जितेसँगै जोकोभिचले यो उपाधि तिनै सदावहार प्रतिस्पर्धीहरु फेडेरर र नाडाललाई समर्पण गरे । उनले फेडेरर र नाडालकै प्रतिस्पर्धाका कारण आफू यो स्थानमा आउन सफल भएको बताएका छन् । 

३४ वर्षे जोकोभिचले ६ वटा विम्बल्डन जिते पनि अझै आफू नरोकिने बताएका छन् । 

महिलातर्फको उपाधि विश्व नम्बर एक अष्ट्रेलियन खेलाडी अस्लेइग बार्टीले जितेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ