arrow

कास्कीमा सोमवार पनि बढे सक्रिय संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशको राजधानी भएको जिल्ला कास्कीमा सोमवार पनि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको छ ।  गण्डकी प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या बढे पनि कास्कीमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको छ । 

कास्कीमा सोमवार मात्रै २९ जना सक्रिय संक्रमित थपिएर ८४४ पुगेको छ । कास्कीमा आइतबार ८१५ र शनिवार ७२२ सक्रिय संक्रमित रहेको थियो । 

यसैबिच गण्डकी प्रदेशमा सोमवार एक सङ्क्रमितको मात्र मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी पूर्वका महिला रहेकी छन् । 

उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

यस्तै, सोमवार कास्कीमा १२२ जनासहित गण्डकी प्रदेशमा २७७ जना संक्रमित थपिएका छन् भने ४२६ जना निको भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ