- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । कास्कीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा कास्कीमा १२४ जना सक्रिय संक्रमित थपिएका छन् ।
बुधवार ८३२ जना रहेको कास्कीमा बिहीबार सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ९५६ जना पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नजिक पुगेसँगै कास्कीमा कडा लकडाउन हुन सक्ने सम्भावना देखिन्छ ।
यद्यपि निरन्तर खोप दिने काम भइरहेकाले लकडाउनको सम्भावना तत्काल नभएको कास्कीमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । उनले अबको केही दिनमा १५ सय सक्रिय संक्रमित पुग्ने अवस्था आएमा भने सोच्नुपर्ने बताए ।
प्रजिअ गौतमले भने, ‘तत्काल आत्तिइहाल्नुपर्ने अवस्था होइन । तर लगातार यही अनुपातमा सक्रिय संक्रमित बढे भने सोच्नुपर्छ ।’
पछिल्लो २४ घण्टामा कास्कीमा १८२ जनासहित गण्डकीमा ३६० जना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।
गण्डकीमा पछिल्लो २४ घण्टामा १७३ जना संक्रमित निको भएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । गण्डकीमा आज १८१ जना सक्रिय संक्रमित थपिएर २८ सय ९ जना पुगेको छ ।