arrow

अन्तरिक्षमा रहेको 'हबल टेलिस्कोपमा' समस्या, समाधान गर्न निकै कठिन !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३१ बिहिबार
Hubble_teliscope.jpg

काठमाडौं । झण्डै ३१ वर्षअघि अन्तरिक्षमा छोडिएको 'हबल टेलिस्कोप'मा अहिलेसम्मकै ठूलो समस्या उत्पन्न भएको छ ।

गत महिना अर्थात जुन १३ मा टेलिस्कोप अचानक 'सट डाउन' भएको थियो । सुरुमा 'मेमोरि मोड्युल'मा समस्या देखिएको आशंका गरिएको थियो ।

तर, पछि नासाका विज्ञहरुले 'पावर कन्ट्रोल युनिट'मा समस्या भएको पाएका थिए ।

यो समस्याले हबल टेलिस्कोप पहिलकै अवस्था फर्काउने गरि समस्या समाधान गर्न निकै जटिल भएको छ ।

नासाको एस्ट्रोफिजिक्सका निर्देशक पल हर्ट्जले अलिकति पनि गल्ती भएमा हबल टेलिकोस्प काम गर्न नसक्ने अवस्थामा पुग्न सक्ने बताएका छन् ।

नासाका विज्ञहरुले निकै नै मेहनत र ध्यान पुर्याएर हबल टेलिस्कोपमा देखिएको समस्या समाधान गर्न काम गरिरहेका छन् ।

समस्या पहिचान गरिसकेपछि आज अर्थात बिहीबारदेखि समस्यालाई समाधान गर्नका लागि हबल टेलिस्कोपमा काम सुरु भइरहेको छ ।

के हो हबल टेलिस्कोप ?

एड्विन पी. हबलले बनाएको यो टेलिस्कोपलाई सन् १९९० को अप्रिल २४ मा नासाले अन्तरिक्षमा पठाएको थियो ।

झण्डै १३ मिटर लामो र ११ हजार किलोको यो टेलिस्कोप अन्तरिक्षबाट पृथ्वीको परिक्रमा गर्दै ब्रह्माण्डको तस्बीर खिच्ने काम गर्छ ।

यसले पृथ्वीतिर आइरहेको क्षुद्रग्रह, टाढाका तारापुञ्, पृथ्वीजस्तै ग्रहको खोजी, अन्यको ग्रहको अन्वेषण एवं ब्ल्याक होलजस्ता ब्रह्माण्डीय घटनाक्रमको अध्ययन गर्न मद्दत गर्छ ।

हबल टेलिस्कोपलाई अन्तरिक्षमा छोडिएको ३१ बर्ष पूरा भइसकेको छ । यस्तोमा पहिलो पटक जटिल समस्या देखिएको नासका विज्ञहरुले बताएका छन् ।

उनीहरुले हबललाई फेरि जिवित पारेर अन्तरिक्षमा रहेको हाम्रो आँखा खोल्ने विश्वास व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ