arrow

साउने संक्रान्तिमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
karnali-pradesh-map.jpg

कर्णाली । प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै जिल्लामा लागू हुने गरी बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता तुल खड्काले प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरुमा सार्वजनिक बिदा लागू हुने जानकारी दिए । उनका अनुसार कर्णालीमा प्रचलित देउडा संस्कृतिलाई उजागर, प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश सरकारले विशेष महत्वका साथ साउने सङ्क्रान्तिका अवसरमा यो पर्व धुमधामका साथ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

सङ्घीय सरकारले दिएका बिदाबाहेक कर्णाली प्रदेश सरकारले वर्षमा छ दिन बिदा दिने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ