arrow

भीरबाट लडेर सन्जोगको मृत्यु, साथीहरु प्रहरी नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
dead2.jpg

पोखरा । पोखरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोरखा घर भई हाल पोखरा-७ मासबार बस्ने वर्ष २७ का सन्जोग थापा रहेका छन् । 

गए राति करिब २ बजे पोखरा महानगरपालिका-१८, मेथलाङ डाडोस्थित भिरबाट अन्दाजी ५० मिटर तल खसेर गम्भीर घाइते भएका थिए ।  

उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । 

प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले  थापाका केही साथीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ