- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । कास्कीमा सक्रिय कोरोना संक्रमितको सङ्ख्या एक हजार नजिक पुगेको छ ।
आइतवार २७ जना थपिएसँगै कास्कीमा सक्रिय संक्रमितको सङ्ख्या एक हजार नजिक पुगेको हो । कास्कीमा ९७३ जना सक्रिय संक्रमित पुगेको छ ।
यसैबिच कोरोना संक्रमणबाट गण्डकीमा आज पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका एक, नवलपरासी पूर्वका दुई, तनहुँमा एक र गोरखामा एक जना छन् ।
गण्डकीमा आज ३६६ जना संक्रमित निको भएका छन् भने ३३८ जना थपिएका छन् । कास्कीमा आज १६२ जना संक्रमित थपिएका छन् ।