arrow

कास्कीमा सक्रिय संक्रमित हजार नाघे, १ सय ९७ जना सोमवारै थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
pokhara-2.jpg

पोखरा । कास्कीमा सक्रिय संक्रमितको सङ्ख्या एक हजार नाघेको छ । सोमवार कास्कीमा ४३ जना थपिएसँगै सक्रिय संक्रमितको सङ्ख्या एक हजार नाघेको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा सक्रिय संक्रमितको सङ्ख्या एक हजार १६ पुगेको छ । कास्की कोरोना सङ्क्रमणको रेड जोनमा छ । 

यसैबिच गण्डकीमा सोमवार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की, स्याङ्जा, बागलुङ र मनाङमा एक एक जना र नवलपरासी पूर्वमा दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

उनका अनुसार गण्डकीमा सोमवार ४१७ जना संक्रमित थपिएका छन् भने २८४ जना निको भएका छन् । सोमवार भेटिएका संक्रमित मध्ये सबैभन्दा धेरै कास्कीका १९७ जना छन् । योसँगै गण्डकीमा संक्रमितको सङ्ख्या ६२ हजार नजिक पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ