arrow

प्रभु बैङ्क र कान्तिपुर डेण्टल हस्पिटलबीच आर्थिक सहयोग उपलब्ध गराउने बारे सम्झौतामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
prabhu-bank-kantipur-dental.jpg

काठमाडौँ। प्रभु बैङ्क लिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौँ जिल्ला बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

साउन ५ गतेका दिन प्रभु बैङ्क लिको बबरमहलस्थित केन्द्रीय कार्यालयमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठकाबीच उक्त सहयोग उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।

प्रभु बैङ्क लिबाट उपलब्ध गराइएको आर्थिक सहयोगमा कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामाग्रीहरू खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाइ भोगिरहेका विपन्न बिरामीहरूको निःशुल्क उपचार गर्ने अस्पतालको योजना रहेको छ।

यसबाट कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा उपचारका लागि आउने बिरामीहरूले अत्याधुनिक स्वास्थ्य सामाग्रीहरूको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् भन्ने बैङ्कले विश्वास लिएको छ।

साथै, प्रभु बैङ्क लि ले समाज उपयोगी कार्यक्रमहरूलाई आगामी दिनहरूमा समेत निरन्तरता दिँदै जाने समेत जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ