arrow

कारको डिकीमा बन्दुक लिएर हिँडेका भरत गुरुङ समातिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
nepal-police12.jpg

पोखरा । अवैध हतियार बन्दुक बोकेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं १६, दीपका ५५ वर्षका भरत गुरुङ रहेका छन् ।

वडा प्रहरी कार्यालय बगरको टोलीले पृथ्वीनारायण क्याम्पसको गेट अगाडिबाट उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । 

गुरुङले चलाएको ग२च ४३७४ नम्बरको कार प्रहरीले चेकजाँच गर्नेक्रममा कारको डिकीमा दुई नाले ९टुवेलवर० बन्दुक फेला परेको डिएसपी हमालले बताए । 

प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएर जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा चार दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रहरीले गुरुङको साथबाट मोबाइल सेट, कार र १६ हजार रुपैयाँ पनि नियन्त्रणमा लिएको जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ