पोखरा । अवैध हतियार बन्दुक बोकेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं १६, दीपका ५५ वर्षका भरत गुरुङ रहेका छन् ।
वडा प्रहरी कार्यालय बगरको टोलीले पृथ्वीनारायण क्याम्पसको गेट अगाडिबाट उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।