arrow

कास्कीमा सवारी दुर्घटना, पोखराका अर्जुन श्रेष्ठको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
death-1618215084.jpg

पोखरा । कास्कीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ४ रामकृष्ण टोलका वर्ष ४५ का अर्जुन कुमार श्रेष्ठ रहेका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं.६ धितालको तल्लो फेदीस्थित पोखरा बागलुङ राजमार्गमा सो दुर्घटना भएको हो । 

पोखराबाट बागलुङतर्फ जाँदै गरेको लु२च २७२५ नं.को बोलेरो जीप र पोखरातर्फ आउँदै गरेको ग१२प ५९८६ नम्बरको मोटरसाइकल एकापसमा ठोकिंदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि पोखराको फिस्टेल अस्पताल ल्याइएको र उनलाई चिकित्सकले तत्कालै मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

दुर्घटना पश्चात् प्रहरीले जीप र चालकका साथै मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको डिएसपी हमालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ