arrow

मेलम्चीका बाढी पीडित सब–डिलरहरूलाई डिसहोमको सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
melamchi-relief--fund-dishhome.jpg

काठमाडौँ। गत असार पहिलो साता सिन्धुपाल्चोकको मेलम्ची बजारमा बाढीबाट क्षति व्यहोरेाका पीडितलाई डिसहामेले सहयोग गरेको छ। पीडित डिसहोमका आधिकारिक सब–डिलरहरूलाई कम्पनीले राहत स्वरूप १ लाख रुपैयाँ प्रदान गरेको छ।

बाढीका कारण पसलको सम्पूर्ण सामानसँगै डिसहोमको उपकरण (एन्टेना, सेटटप बक्स) मा समेत क्षति पुगेका मेलम्ची बजारका-५ का सब–डिलरहरूलाई जनही १ लाख रुपैयाँ कम्पनीले उपलब्ध गराएको हो।

सो क्षेत्रका डिसहोमका ग्राहकहरूलाई रिचार्ज तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउन सहज होस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराएको कम्पनीले जनाएको छ।

डिसहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्ज्वल न्यौपानेले राहत रकम हस्तान्तरण गरेका हुन्।

कम्पनीले बाढीबाट अति प्रभावित सब–डिलर झलक बहादुर पण्डित, नेत्र बहादुर खड्का, दुलाल फोटो स्टुडियो, नवराज आचार्य र दिनेश बरुवाललाई राहत रकम प्रदान गरेको हो।

यो राहत रकमको माध्यमबाट पीडित सब–डिलरहरूलाई थोरै मात्रामा भए पनि राहत महसुस हुनुका साथै आफ्नो व्यवसायलाई पुनः सुचारु गर्नका लागि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।



नयाँ