arrow

कर्णालीका होटेल व्यवसायीद्वारा राहत साथै खोपको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
karnali-province-corona-covid.jpg

सुर्खेत। होटेल व्यवसायीले कर्णाली प्रदेश सरकारसँग राहतको माग गरेका छन् । होटेल व्यवसायी सङ्घ सुर्खेतले बिहीबार कर्णाली प्रदेश सरकारलाई आफ्नो माग पत्र बुझाउँदै कोरोनाका कारण थला परेको होटेल व्यवसायलाई उकास्न राहत माग गरेका हुन् ।

कोरोनाकै कारण दुई वर्षदेखि होटेल व्यवसाय थला परेकाले आवश्यक नीति तथा कार्यक्रमबाट राहत दिन सरकारसँग अनुरोध गरेको होटेल व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष गोरख रावतले जानकारी दि । “विगत दुई वर्षदेखि हामी थला परेका छौँ, राज्यले पनि हामीबाट कर लिने बेला लिन्छ, तर अहिले हामी समस्यामा पर्दा केही राहत दिन सक्दैन”, उनले भने ।

कोरोना महामारीको यस्तो अवस्थामा खोप दिन पनि कन्जुस्याइँ गरिरहेको भन्दै अध्यक्ष रावतले व्यवसायीलाई खोपको व्यवस्था गर्न सरकारसँग माग गरिएको बताए । उनका अनुसार सुर्खेतमा मात्र एक हजार २५० होटेलमा पाँच हजार कर्मचारी रहेका छन् । कर्णालीका होटेल व्यवसायी र त्यहाँ काम गर्ने कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्ने मागसमेत गरिएको रावतले जानकारी दिए ।

व्यवसायीको मागप्रति सरकार गम्भीर : मन्त्री बुढाक्षेत्री

प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले होटेल व्यवसायीका मागप्रति सरकार गम्भीर रहेको बताए । व्यवसायीको माग पत्र बुझ्दै मन्त्रीले कोरोना महामारीको चपेटामा होटेल व्यवसाय क्षेत्र पनि परेकाले प्रदेश सरकारले यसलाई माथि उकास्ने खालका कार्यक्रम ल्याउने जानकारी दिए ।

कोरोना भाइरसविरुद्धको खोप होटेल व्यवसायीलाई पनि लगाउन मन्त्रालयले पहल गर्ने उनको भनाइ थियो । “अहिले हाम्रो प्राथमिकता भनेको नागरिकको स्वास्थ्य हो, त्यसैले सबै नागरिकलाई खोप लगाउने लक्ष्य छ, सोहीअनुसार स्वास्थ्यकर्मी, सञ्चारकर्मी, ज्येष्ठ नागरिक, सफाइकर्मी र शिक्षकलाई खोप लगाउने काम भइरहेको छ”, उनले भने ।

होटेल व्यवसायी र यहाँ काम गर्ने कर्मचारीमा पनि कोरोनाको जोखिम हुने भएकाले केन्द्र सरकारसँग समन्वय गरी खोप लगाउन प्रदेश सरकारले आवश्यक पहल गर्ने उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ