arrow

कर्णालीमा स्कारपीयो खस्दा आमाबाबु बेपत्ता, छोराछोरी झाडीमा अड्किएको भेटिए

logo
 देवानन्द न्यौपाने,
प्रकाशित २०७८ साउन १५ शुक्रबार
karnali-scarpio.jpg

लम्की ।  कैलालीको कर्णाली नदीमा स्कारपीयो खस्दा २ जना बेपत्ता भएका छन्। अन्य ३ जना बालबालिका झाडीमा गम्भीर घाइते अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।  बेपत्ताको खोज कार्य भइरहेको र गम्भीर घाइते तीनै जना बालबालिकालाई लम्की स्थित लालरत्न अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ ।

डोटीको आदर्श गाउँपालिकाका चन्द्रप्रकाश जोशीले चलाएको गाडी चिसापानीदेखि सोल्टा जाने सडक खण्डको बाँकामा पल्टिएको प्रहरीले जनाएको छ। जोशी आफ्नो परिवारसहित नेपालगन्जबाट उपचार गरेर घर फर्किने बेला चिसापानी घुम्ने क्रममा स्कारपीयो कर्णालीमा खसेको हो। 

चिसापानी देखि सोल्टा जाने क्रममा मोहान्यालको बाँका स्थित कच्ची सडकमा नम्बर नखुलेको स्कारपीयो ब्याक गर्ने क्रममा सडक बाट करिब ३ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नेपालगन्जबाट उपचार गरेर घर फर्कर्ने क्रममा उनीहरू चिसापानी देखी कुईने घुम्न जाँदै गर्दा गाडी दिउसो करिब साढे १२ बजेतिर दुर्घटना भएको हो । 

गाडी दुर्घटना भएर कर्णाली नदीमा खसेको खबर स्थानीयले तत्काल प्रहरीलाई गरेपछि प्रहरी घटनास्थलमा पुगी खोजतलास गर्दा सडक तल झाडिमा अडकिएको अवस्थामा ३ जना बालबालिका फेला परेका थिए ।       

घाइते गाडीमा सवार  १२ वर्षीया लक्ष्मी जोशी, ४ वर्षीया सावित्री जोशी र ३ वर्षीय भुवन जोशीको प्रहरीले  उद्धार गरिएको छ भने घाइतेका आमाबुवा चन्द्रप्रकाश र रुपी जोशी बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अधिकारीले जानकारी दिए। प्रहरीका अनुसार घटनास्थलमा भेटिएको कागजपत्रमा गाडी नम्बर बा ११ च ९३८ नम्बर उल्लेख भएको समेत फेला परेको छ । 

दुर्घटनामा घाइते छोरीलाई बुझ्दा उक्त गाडीमा आफ्नो घर परिवारका ३ जना भाइ बहिनी र आमा बुवा गरी ५ जना सवार भएको आफूहरू  डोटी जिल्ला  आदर्श गाउँपालिका काँडे साउका रहेको बताएकी प्रहरीले जनाएको छ । घाइते बालिकाका अनुसार स्कारपीयो बुवाचन्द्र प्रकाश जोशी आफैले चलाई रहेका थिए । बेपत्ताको खोज कार्य भइरहेको प्रहरीले जनाएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ