arrow

कर्णाली नदिमा डुङ्गा पल्टियो : ३ बेपत्ता, २ जना घाइते 

खोप लगाउन हिँडेका  परे डुङ्गा दुर्घटनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १७ आइतबार
karnali-bridge.jpg

कैलाली । कर्णाली नदिमा डुङ्गा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । कैलाली मोहन्याल गाउँपालिका वडा न. ०३ रागाँ मलेका दश जना डुङ्गा दुर्घटनामा परेका हुन् । डुङ्गामा सवार मध्ये ३ जना बेपत्ता, २ जना घाइते र ५ जना सकुशल रहेको इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले जनाएको छ । 

चौकुने गाउँपालिका वडा न. ०४ सुर्खेत स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा डुङ्गा दुर्घटनामा परेका छन् । बेपत्ता हुनेमा कैलाली मोहन्याल गाउँपालिका वडा न. ०३ की २० वर्षया उर्मिला सलामी मगर, उनको १० दिनको बच्चा र २० वर्षकी पार्वती थापा रहेका छन् । 

घाइते भएकामा मोहन्याल गाउँपालिका वडा न. ३ बस्नेका १९ बर्षीया धनसरा सलामी मगरको अवस्था गम्भीर रहेको छ भने उनको छोरा १ महिनाको कर्ण सलामी अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ  । घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान र खोजी कार्य  गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ