arrow

सुनको खरिद विक्रीमा समस्या देखिए समाधान गर्छौँ : गृहमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
khad-gold-silver.JPG

काठमाडौँ । गृहमन्त्री वालकृष्ण खाँडले सुनचाँदी व्यवसाय सञ्चालनमा क्रममा देखा पर्ने समस्याहरूलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग मङ्गलवार भएको भेटका क्रममा मन्त्री खाँडले व्यवसाय सञ्चालनका क्रममा देखिने जुनसुकै समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । 

मुलुकको कानुनले तोकेको सीमाभित्र रही कुनै पनि पेसा व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न पाउनु सबैको अधिकार हो, मन्त्री खाँडले भने ‘यसरी व्यवसाय सञ्चालन गर्दा कहीँ कतै वाट समस्याहरू आइपर्छन् भने त्यसलाई हटाउन हामी तयार छौँ ।’ सुनको खरिद विक्री, ओसार पसार, गरगहनाको निर्यात जस्ता कार्यहरू गर्दा कहीँ कतै वाट अप्ठ्यारो पर्न नहुने भन्दै उनले व्यवसाय सञ्चालनका दौरानमा अनावश्यक झन्झट र समस्या आएमा त्यसको निराकरणका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । 

गृहमन्त्री खाँडसँगको भेटका क्रममा महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यले सुनचाँदी व्यवसाय सञ्चालनका क्रममा व्यवसायीले भोग्नु परेका विभिन्न किसिमका समस्याहरूको बारेमा जानकारी गराएका थिए । 

व्यवसायीले तोकिएको प्रक्रिया पुरा गरेर खरिद गरेको सुन ओसार पसार गर्दा पनि अनावश्यक रूपमा झमेला ब्यहोनु पर्ने, सुन खरिद बिक्रीका क्रममा अनावश्यक झन्झटहरू आइपर्ने, अनाहकमा व्यवसायीलाई दुःख दिइने र झुटा मुद्दा हरू लगाइने जस्ता समस्याहरूको बारेमा मन्त्री खाँडलाई जानकारी गराएका थिए ।

 यस्तै दिनदाहडै व्यवसायीको हत्या गर्ने, चोरी र लुटपाट गर्ने जस्ता घट्नाहरु बढ्दै गएकोमा पनि उनले गृहमन्त्री खाँडको ध्यानाकर्षण गराउँदै व्यवसायीलाई महसुस हुने गरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेका थिए ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ