- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । कास्कीमा लकडाउनको समय सीमा फेरि थपिएको छ । यसअघि साउन २० गतेसम्म गरिएको लकडाउनको समय सीमा एक साता थप गरी २७ गतेसम्म पुर्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
कास्कीमा कोरोना सङ्क्रमण दर र मृत्युदर बढ्दै जान थालेपछि लकडाउनको समय सीमा बढाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
कास्कीमा कोरोना सङ्क्रमण दर निरन्तर बढ्दै गइरहेको छ । सोमबारको अन्तिम तथ्याङ्क अनुसार कास्कीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २३ सय ७० पुगेको छ ।
कास्कीमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको ४६८ पुगेको छ ।