arrow

लुम्बिनी प्रदेशमा सांसद वलीको खोजी, बन्धक बनाइएको आरोप

logo
नारायण वली,
प्रकाशित २०७८ साउन २० बुधबार
bimala oli1-1619949835.jpg

रुपन्देही । लुम्बिनी प्रदेशको राजनीतिले अहिले निकै चर्चा पाएको छ । चर्चा पाउनु कारण हो, सरकारले तीन महिना बित्दा समेत मुख्यमन्त्रीले विश्वासको मत लिन नसक्नु । नियमले मुख्यमन्त्रीको पदधारी गरेको एक महिनामा विश्वासको मत लिनु पर्ने प्रावधान भए पनि अझैसम्म सत्ता पक्षले विश्वासको मत लिन नसक्नु अल्पमतमा परेको ठहर गर्दछ । 

तर यता सत्ता पक्षले भने, आफ्नो सरकार पूर्ण एकल बहुमतमा छ भन्दै आएको भए पनि संसद्मा फेस गर्न सकेको छैन । यसैविचमा कहिदिन यता प्रदेशकी एक सांसद विमला कुमारी खत्री (वली) माओवादी केन्द्रको सम्पर्कमा नभएको र अवस्था गुमनाम रहेको सो पार्टीले बताउँदै आएको छ ।

यती मात्रै होइन, सांसद वलीको अवस्था किन गुमनाम छ, जुन सार्वजनिक पदधारी गरेको मान्छे एकाएक गायब हुनुलाई सत्ता पक्षले नै लुकाएर राखेको प्रतिपक्षको आरोप छ । तर यस विषयमा सत्ता पक्षले न विश्वासको मत लिन सकेको छ, न सांसद वलीलाई मुख्यमन्त्री निवासमा लुकाएर राखेको प्रतिपक्षको आरोपलाई खण्डन गर्न सक्छ, सो विषय पेचिलो बन्दै गएको छ ।

रिपोर्टस क्लब लुम्बिनी प्रदेश बुटवलले बुधवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकुरुद्दीन खाँनले जालझेल गरेर सरकारको आयु बढाउने र अराजकता बढाउने बाहेक अन्य काम सरकारको तर्फबाट नभएको बताए ।

त्यस्तै कार्यक्रममा बल्दै जनता समाजवादी पार्टी जसपा दलका नेता सहर्षराम याद बले अल्पमतमा रहेको सरकारले विश्वासको मत लिन डराएर, सांसदबाट भाग्दै, पछिल्लो समय पत्रकार सम्मेलन समेत गरेर माओवादी केन्द्र रोजेकी सांसद विमला कुमारी खत्री वलीलाई भूमिगत अवस्थामा राख्ने जस्ता काम गरेर कहीँ नभएको जात्रा हाँडी गाउँ भने जस्तै अनैतिक कार्य गर्दै आएको उल्लेख गरे । 

सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले मुलुकका अन्य संसदीय अभ्यासमा कहीँ नभएको गलत कार्य गर्दै आएको भन्दै, अल्पमतलाई बुझ्ने हो भने, नैतिकता आधारमा सरकारलाई निकास दिनुपर्ने जिकिर गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ