arrow

नेतृ ज्योत्सनाद्वारा कञ्चनपुरका अपाङ्गता भएका व्यक्तिलाई राहत सामाग्री वितरण 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७८ साउन २० बुधबार
jotsana.JPG

कञ्चनपुर । नेपाल प्रजातान्त्रिक महासङ्घकी केन्द्रीय सल्लाहकार एवं विश्व हिन्दु महासङ्घका वरिष्ठ उपाध्यक्ष काँग्रेस नेतृ ज्योत्सना साउदले कञ्चनपुरका अपाङ्गता भएका व्यक्ति हरूलाई राहत वितरण गरेकी छन् । 

नेतृ साउदद्वारा उपलब्ध गराइएको राहत सामाग्री कञ्चनपुरका तीन वटा स्थानीय तहमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुलाई वितरण गरिएको नेपाल प्रजातान्त्रिक महासङ्घका केन्द्रीय सदस्य जगदीश अवस्थीले बताए । नेतृ साउद द्वारा उपलब्ध राहत सामाग्री मङ्गलवार शुक्लाफाँटा नगरपालिकाको बनसमिती मा एक कार्यक्रमको कार्योयोजना गरी वितरण गरिएको हो । 

कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका १२ ओटै वडा भित्र रहेका अपाङ्ग भएका ३२ जना लाई प्रति व्यक्ति एक बोरा चामल,२ लिटर तेल,दाल र एक एक पङ्खा वितरण गरिएको छ भने आजै कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिका मा रहेका अपाङ्ग व्यक्तिहरू लाई सहयोग सामाग्री वितरण गरिने वरिष्ठ उपाध्यक्ष साउदले बताइन । 

विश्वमा नै कोरोनाको कारण प्रत्यक्ष प्रभाव परेका बेला अपाङ्ग समूह माथि आफू र आफू निकट संस्थाले सन्तमुक्त रूपमा सहयोग गरेको साउदले बताइन । साथै उपाध्यक्ष साउद ले निरन्तर असहाय,गरिब,दुखी र अपाङ्ग भएका मानिसहरू लाई सहयोग गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ