- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका सदस्य द्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको छ ।
सूर्य चिह्न लिएर निर्वाचित शाही र वलीले पार्टी तथा संसदीय दलको विधान विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको एमाले संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए । शाही प्रदेश सरकारका विना विभागीय मन्त्री हुन् ।
शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ (ख) बाट सूर्य चिह्न लिएर निर्वाचित भएका थिए भने वली २०७६ मा तत्कालीन नेकपाका तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ (ख) बाट उपनिर्वाचनमा निर्वाचित भएकी थिइन्।
शाहीले आफूलाई स्वतन्त्र सांसद भएकाले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आएका छन् भने वलीले माओवादी प्रवेश गरेको बताएकी छन् ।