- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । कास्कीमा चन्दा सङ्कलन गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-१ की वर्ष ३४ की एलिजा बस्नेत, वर्ष ३२ का टेकबहादुर बस्नेत र झापाकै हल्दोबारी गाउँपालिका वडा नंं १ का वर्ष ४४ का धनबहादुर सेन्चुरी रहेका छन् ।
उनीहरूलाई पोखरा महानगरपालिका वडा नं. २६ विजयपुरस्थित न्यु हाइवे स्टाफ होटेल एन्ड लजबाट पक्राउ गरिएको हो । उनीहरू सो लजमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको छ ।
उनीहरूले युनिक स्वयंसेवक नेपाल नामक संस्थाको नामबाट अवैध रूपमा चन्दा सङ्कलन गर्दै आएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । उनीहरूको साथबाट चार लाख भन्दा बढी रकम र केही कागजात बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए ।
उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।