- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । लुम्बिनी प्रदेशका निबर्तमान मुख्यमन्त्री शंकर पोखरेलले साढे तीन वर्ष मुख्यमन्त्री रहँदा आफूले हेलिकप्टर र महंगा गाडी प्रयोग नगरेको दाबी गरेका छन् ।
मुख्यमन्त्रीबाट बाहिरिएपछि आइतबार सामाजिक संजालमार्फत आफ्नो प्रतिक्रिया जनाउँदै उनले आफूले राज्यकोषबाट औषधि उपचार खर्च समेत नलिएको स्पष्ट पारेका हुन्।
महालेखा परीक्षकको कार्यालयको ५८ औं वार्षिक प्रतिवेदन अनुसार स्थानीय तहमा बेरुजु रकम बढेको ग्राफ सार्वजनिक भएपछि पोखरेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र आर्थिक मामिला मन्त्रालयको वेरुजु सुन्यमा राख्न सकेको पनि उल्लेख गरेका छन् ।
ओली नेतृत्वको अघिल्लो सरकारमाथि महालेखापरीक्षकको कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै आर्थिक बेथिति र स्थानीय तहहरुमा बेरुजु बढी देखिएपछि लुम्बिनी प्रदेशमा बेरुजु सून्यमा राख्न सकिएको उनको दाबी छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने पोखरेलले साढे तीन वर्ष लुम्विनी प्रदेशमा आर्थिक अनुशासन कायम राखेको बताएका हुन् । उनले वास नबसेको अवस्थामा जिल्ला भ्रमण भत्ता नलिएको र उपलव्ध भएसम्म सरकारी गेष्ट हाउसको प्रयोग गरेको पनि प्रष्ट पारेका छन् ।
'प्रदेश सरकारको कामका लागि हेलिकेप्टरको प्रयोग भएन,
मुख्यमन्त्रीका लागि नयाँ र महंगा गाडी किनिएन,
औषधि उपचार खर्च राज्यकोषवाट लिइएन,
वास नवसेको अवस्थामा जिल्ला भ्रमण भत्ता लिइएन,
उपलव्ध भएसम्म सरकारी गेष्ट हाउसको प्रयोग गरियो ।
यसरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र आर्थिक मामिला मन्त्रालयको वेरुजु सुन्यमा राख्न सकियो ।
यसलाई अहिलेको नेतृत्वले निरन्तरता दिन सक्दा सुशासनमा केही योगदान अवश्य पुग्नेछ ।'