arrow

स्थानीय सरकारको निगरानीमा सञ्चार र नागरिक समाजको भूमिका महत्वपूर्ण

logo
ईश्वर बडू  
प्रकाशित २०७८ भदौ ७ सोमबार
nagarik.jpg

कञ्चनपुर । स्थानीय सरकारलाई उत्तरदायी बनाउनका लागि संचार र नागरिक समाजको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका सहभागीले बताएका छन् ।

सोमबार संञ्जिवनी नेपालले नागरिक पारस्परिक जवाफदेहिता कार्यक्रम अन्र्तरगत गरेको छलफल कार्यक्रममा स्थानीय सरकारलाई उत्तरदायी बनाउनका लागि संचार र नागरिक समाजको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका सहभागिले बताएका हुन । 

सहभागिहरुले संचार र नागरिक समाजको भूमिका स्वच्छ, निष्पक्ष भएमात्रै स्थानीय सरकार थप जिम्मेबारी हुनेमा जोड दिएका छन ।

एफआई ३६०परियोजना सह निर्देशक प्रेम ओझाले सहजिकरण गरेको कार्यक्रममा नागरिक समाजका तर्फबाट नरेश सिलवाल, मिना भण्डारी, सञ्जिवनी नेपालका कार्यकारी निर्देशक नितु भट्ट, निड्स नेपालका अध्यक्ष अञ्जु भट्ट सहितका संचारकर्मी नागरिक समाजका अगुवाले स्थानीय सरकारलाई थप जिम्मेबार बनाउँदै नागरिक समाज संचारकर्मीले नागरिक सरोकारवालाका विषयमा चासो दिनुपर्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ