arrow

गण्डकी बोर्डिङ स्कुलको छतबाट खसेर शङ्करको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
dead2.jpg

पोखरा । घरको छतबाट खसेर पोखरामा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १६ लामा चौरका ४० वर्षका शङ्कर थापा रहेका छन् । 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाए अनुसार पोखराको गण्डकी बोर्डिङ स्कुलको स्टाफ क्वाटरको छतबाट खसेर थापाको मृत्यु भएको हो । 

थापा स्कुलको मर्मत शाखामा कार्यरत थिए । स्कुलको क्वाटरको छतमा प्रयोग गरिएको टिन मर्मत गर्ने क्रममा खसेर थापा गम्भीर घाइते भएका थिए । 

उनको उपचारको क्रममा पोखराको फिस्टेल हस्पिटल मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक मोहन बहादुर थापाले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ