प्रदेश २ को सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन मुख्यमन्त्रीको निर्देशन
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ भदौ ८ मंगलबार
994
Shares
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन प्रदेश स्थित सुरक्षा निकायका प्रमुखहरू निर्देशन दिएका छन्।
मङ्गलवार प्रदेशको सुरक्षा व्यवस्था बारे जानकारी लिने उद्देश्यका साथ मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन् ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले प्रदेशको सुरक्षा व्यवस्थाहरू बारे व्रिफिङ्ग गर्नुका साथै अगामी योजना बारे समेत जानकारी गराएका थिए ।
बैठकमा प्रमुख सचिव हरिप्रसाद मैनाली, मुख्यमन्त्री कार्यालयका सचिवहरूका साथै प्रहरी नायब महानिरीक्षक उमेश रंजितकार, सशस्त्र प्रहरी नायब महानिरीक्षक सि.पी.गौतम , धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला , नेपाली सेनाकाका नि. बाहिनी पति महासेनानी पूर्ण प्रसाद ढकाल सहितको उपस्थिति थियो ।