arrow

पोखराको बरुवा खोलाले बगाउँदा धनबहादुर गुरुङको मृत्यु

logo
हरि पन्त,
प्रकाशित २०७८ भदौ ८ मंगलबार
death-1618215084.jpg

पोखरा । पोखरामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ३१ खुदीका ५० वर्षका धनबहादुर गुरुङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गुरुङलाई माछा मार्नेक्रममा पोखरा २९ स्थित बरुवा खोलाले बगाएको हो । उनलाई खोलाले बगाएर बेपत्ता भएको भन्ने खबर पाउनासाथ इलाका प्रहरी कार्यालय डाँडाकोनाकबाट खटिएको प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्र प्रसाद मरासिनीको नेतृत्वको टोलीले खोजी गर्ने क्रममा मृत फेला पारेको हो । 

उनलाई बगाएको स्थानभन्दा पाँच किमि तल मुसेटुँडामा फेला पारेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ