arrow

कञ्चनपुरको सिमरी गाउँ डुबानमा, निरीक्षणपछि राहत उद्धारमा जुट्न निर्देशन 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
kanchanpur-badi.JPG

कञ्चनपुर । तीन दिन देखिको अविरल वर्षाका कारण दोदा नदीमा आएको बाढीबाट कञ्चनपुरको पुनर्वास स्थित सिमरी गाउँ डुबानमा परेको छ । गए राती दोदा नदीको बाढी पसेर डुबान बन्न पुगेको सिमरी गाउँका पीडितहरूलाई भेटघाट र क्षतीको विवरण लिन नेपाली काँग्रेसका नेता दिवान विष्ट र तरुण दलका अध्यक्ष महेश चन्दको टोलीले निरीक्षण गरेको छ ।

 गाउँमा पसेको बाढीका कारण गाउँका झन्डै सय घर प्रभावित बन्न पुगेका छन् । बर्सेनि बाढीको जोखिम झेल्दै आएको उक्त गाउँमा पुगेको नेपाली काँग्रेस कञ्चनपुरका नेता एवं पूर्व सांसद दिवानसिंह विष्टको नेतृत्वको टोलीले बाढी प्रभावितहरूको राहत , उद्धारका लागि पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

बाढीबाट प्रभावित उक्त गाउँमा नेता विष्ट सँगै पुगेका नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्दले जोखिममा रहेका स्थानीयको राहत र उद्धारका लागि तरुण दलका स्थानीय कार्यकर्तालाई निर्देशन दिएका छन् । 

 डोके बजार-बेलौरी हुलाकी राजमार्ग निर्माणका क्रममा स्टिमेट अनुसार बनाइनु पर्ने पानीको निकासका लागि आवश्यक निकासको पर्याप्त संरचना निर्माण नगरिनु र दोदा नदीको तटबन्ध निर्माण नगरिएकाले बस्ती डुबानमा परेको काँग्रेस नेता विष्टले बताए । सिमरी गाउँमा बर्सेनि हुँदै गरेको डुबानको जोखिम हटाएर तटबन्ध लगायतका संरचना निर्माणका लागि आफूले सरकार सँग पहल गर्ने नेता विष्टले बताए । 

शुक्रवार बिहान काँग्रेस नेता विष्ट सहित तरुण दलका जिल्ला अध्यक्ष महेश चन्द ,नेपाल तरुण क्षेत्र नम्बर १ का उपाध्यक्ष राम खड्का , नेपाली काँग्रेसका महा समिति सदस्य बिन्दु श्रेष्ठ र भिमदत्त नगरपालिका ९ का वडा सभापति केशव नायक लगायतका नेताहरूले अनुगमन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ