arrow

युभेन्टस छाडेका क्रिष्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेड जाने पक्का

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
cristiano-ronaldo.jpg
फाइल तस्विर।

काठमाडौं। फुटबल स्टार क्रिस्टियानो रोनाल्डो ईङलिश क्लब म्यानचेस्टर युनाईटेड जाने पक्का भएको छ। युभेन्टस छाडेको सार्वजनिक भएपछि उनी इङलिश क्लब म्यानचेस्टर सिटी जाने हल्ला चलेको थियो। 

म्यानचेस्टर युनाईटेडको आधिकारिक ट्विटर ह्याण्डलमा क्रिस्टियानो 'घरमा स्वागत छ, रोनाल्डो' लेखे पछि उनी युनाइटेड जाने पक्का भएको हो। प्रिमियर लिगको आधिकारिक ट्विटर ह्याण्डलले पनि क्रिष्टियानो युनाइटेड आउने पक्का भएको जनाएको छ। 

उनको युनाइटेड आउने पक्का हुनु अघि युभेन्टस र युनाइटेडबीच कुराकानी भएको जनाइएको छ। सर एलेक्स फर्गुसनले क्रिष्टियानोलाई युनाइटेड फर्काउन महत्वपुर्ण भुमिका खेलेको बताइएको छ। १२ वर्ष पछि क्रिष्टियानो युनाइटेड फर्किएका हुन्। उनको मेडिकल र फिटनेस जाँच चाँडै हुने पनि बताइएको छ।

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टस छाड्ने बेला  शुक्रवार बिहान अभ्यास मैदानमा करिब डेढ घण्टा बिताएका थिए। 

उनले आफ्नो लकरका सामानहरू मिलाउन उक्त समय लिएको बताइएको छ। स्काइस्पोर्ट्सका अनुसार उनले अभ्यास मैदानमा रहेका आफ्ना साथी खेलाडीहरूसँग बिदा लिएका थिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ