arrow

रुपन्देहीमा एमालेको समानान्तर कमिटी एकिकृत समाजवादीमा रुपान्तरित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १२ शनिबार
samajbadi-rupandhai.jpg

काठमाडौं । एमालेको समानान्तर कमिटी संचालन गर्दै आएको नेपाल पक्षको रुपन्देही जिल्ला कमिटीले सर्वसम्मतरुपमा माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा रुपान्तरित हुने निर्णय गरेको छ ।

रुपन्देहीको बुटवलमा सम्पन्न समानान्तर कमिटीको बैठकले सिङ्गो कमिटी नेकपा (एकिकृत समाजवादी)मा रुपान्तरित हुने निर्णय गरेको हो ।

समानान्तर कमिटीका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा बसेको बैठकमा सहभागी सदस्यहरुले केपी ओली नेतृत्वको एमालेले देश, जनता र कम्युनिष्टठ आन्दोलनलाई धोका दिएका कारण एमालेबाट बिद्रोहको विकल्प नरहेको निष्कर्ष निकालेका छन् ।

सहभागी सदस्यहरुले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न र राष्ट्रियता जोगाउन सर्वसम्मतरुपमा एकिकृत समाजवादी पार्टीमा रुपान्तरित हुने बैठकले निर्णय गरेको साविक एमाले रुपन्देही जिल्ला कमिटीका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।

बैठकमा साविक एमाले उपाध्यक्ष पुरुषोत्तम घिमिरे, सिद्धार्थनगर नगरपालीकाकी उप मेयर उमा काफ्ले लगायतले क्रान्तिकारी रुपान्तरणका लागि एकिकृत समाजवादीमा समाहित हुनुको विकल्प नभएको बताएका थिए ।

सिद्धार्थ नगरपालिकाका नगर प्रमुख हरि अधिकार र तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरी चौधरीले कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेपनि आफुहरुको समर्थन नेकपा (एकिकत समाजवादी)मा रहेको सन्देश उपलब्ध भएको अध्यक्ष  गुरुङले दाबी गरे । एमाले पार्टी विभाजनमा रुपन्देहीका अधिकांश वडा अध्यक्षहरु एकिकृत समाजवादीमा आउने तयार रहेको अध्यक्ष गुरुङले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ