arrow

झापामा कांग्रेसको वडा अधिवेशन भाद्र २०मा हुने

logo
युवराज रेग्मी
प्रकाशित २०७८ भदौ १५ मंगलबार
Congress-convention-14-nepa.jpg

झापा। नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन नजिकिँदै गर्दा झापा जिल्लाले भने जिल्लाका वडाहरूमा हुने निर्वाचन मिति तय गरेको छ। जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आज मङ्गलवार बसेको गाउँपालिका / नगरपालिका क्षेत्र र जिल्लाका प्रमुख तथा पदाधिकारीहरूको  छलफलले भाद्र २० गते जिल्लाका १ सय ३१  वडाहरूमा एकै साथ निर्वाचन गर्ने निर्णय भएको पार्टी सभापति उद्धव थापाले जानकारी दिएका छन्  ।

पार्टीका जिल्ला सभापति उद्धव थापाको अध्यक्षतामा बसेको  छलफलमा आगामी भाद्र २० गते जिल्लाका १ सय ३१ वटै वडामा  निर्वाचन गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको छ  ।

भाद्र २० गते हुने निर्वाचनको कार्यतालिका अनुसार  भाद्र १९ गते  बिहान ११ बजे मतदाता नामावली प्रकाशन , दिउँसो  १२ देखि २ बजेसम्म उम्मेदवारको नाम प्रकाशन ,२ देखि २:३० सम्म दाबी विरोध,२:३० देखि ३ बजे सम्म अन्तिम नामावली प्रकाशन र ५ बजे सम्म नाम फिर्ता लिन पाइने छ । 

२० गते हुने निर्वाचन भने ११ बजे देखि २ बजे सम्म मात्र मतदाताले मत हाल्न समय सीमा तोकिएको छ । छलफलमा उपस्थित भएका गाउँ  नगर क्षेत्र तथा जिल्लाका पदाधिकारीहरूले अधिवेशन गर्नुको विकल्प नरहेको र समय पनि कम भएको बताउँदै जसरी पनि २० गते अधिवेशन गरेरै छाड्ने सामूहिक सहमति जनाएका हुन् ।

छलफल कार्यक्रममा  झापा जिल्लाका लागि  खटिएका प्रमुख निर्वाचन अधिकृत सुबोध बाबु चिलवालले पार्टीको संशोधित विधान, कार्यविधि र निर्वाचन सम्बन्धी नीति नियमको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए  ।



नयाँ