arrow

नेपाली मूलका तीन अमेरिकीले ज्यान गुमाएकोप्रति परराष्ट्रद्वारा समवेदना व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
us flood.jpg

काठमडौं। अमेरिकामा आएको आँधी र बाढीका कारण ज्यान गुमाउनेहरू प्रति परराष्ट्र मन्त्रालयले समवेदना व्यक्त गरेको छ। अमेरिकाको न्यू योर्कमा बाढीका कारण १९ महिने बालकसहित नेपाली मूलका तीन अमेरिकी नागरिकले समेत ज्यान गुमाएका थिए ।

परराष्ट्र मन्त्रालयले तीन नेपालीसहित ज्यान गुमाउनेहरू प्रति सम्वेदना व्यक्त गरेको हो । आँधी, भीषण वर्षा र बाढीका कारण अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ । 

परराष्ट्र मन्त्रालयले विपद्को यस घडीमा अमेरिकी नागरिकहरूको पक्षमा रहेको उभिएको भन्दै सहानुभूति प्रकट गरेको हो । 

विभिन्न सञ्चार माध्यममा जनाए अनुसार सोलुखुम्बुको जुनबेंसीका २० वर्षीया मिङ्मा शेर्पा, ४९ वर्षीय आङगेलु लामा र १९ महिने बालक लोप्साङ लामाले ज्यान गुमाएका हुन् । उनीहरू लामो समयदेखि अमेरिकामा बस्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ