arrow

झापामा आइतबार कांग्रेस वडा अधिवेशन सकिने, एक सय ३१ मध्ये ७५ वडामा सर्वसम्मत, प्रयास जारी

logo
युवराज रेग्मी, 
प्रकाशित २०७८ भदौ २० आइतबार
nepali-congress-flag.jpg_1618043342.jpeg

झापा । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत झापामा ७५ वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ । झापाका १३१ वडामध्ये अहिलेसम्म ७५ वटा वडामा सर्वसम्मत वडा सभापति र क्षेत्रिय प्रतिनिधिहरु चयन भएको नेपाली काँग्रेस झापाले जनाएको छ ।

काँग्रेस झापाले दिएको जानकारी अनुसार अहिलेसम्म मेचीनगरको वडा नं १, २, ३, ४, ६, ७, ८, ९, १०, ११, १२ र १५ गरी १२ वटा वडामा सहमति भएको छ । 
त्यसै गरि बुद्धशान्ति गाउँपालिकाको १, २, ६ र ७ गरी ४ वटा वडाहरुमा सहमति भएको छ ।

त्यस्तै अर्जुनधारामा ४, ५, ६, ८, ११ नम्बर वडामा सहमतिमा नेतृत्व चयन भएको छ । बिर्तामोड नगरपालिकाको  १, २, ६, ८, ९, १० नम्बर वडाहरुमा सर्बसम्मत भएको छ । 

त्यस्तै कन्काइ  नगरपालिकाको वडा नं २, ६, ८ र ९ मा सर्बसम्मत नेतृत्व चयन भइसकेको काँग्रेस झापाले जनाएको छ । कचनकवल गाउँपालिकाका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाका सबै ७–७ वटै वडाहरुमा सर्वसम्मत वडा समिति र क्षेत्रिय प्रतिनिधि छनौट भएका छन्  ।

गौरीगञ्ज गाउँपालिकाको वडा नं ५ र ६ मा सहमति भइसकेको छ भने गौरादह नगरपालिकाको वडा नं  १,३, ४, ५, र ८ मा सहमति भएको छ । 

त्यस्तै दमक नगरपालिकाको २, ४, ५, ६, ७ र ८ नम्बर वडाहरुमा सहमति भएको जानकारी प्राप्त भएको छ । त्यस्तै कमल गाउँपालिकाको वडा नं २ मा मात्र सहमति भएको छ ।

त्यसैगरी शिवसताक्षी नगरपालिकाको वडा नं ३, ६ र १० मा सहमति भएको छ भने हल्दिबारी गाउँपालिकाका सबै ५ वटा वडाहरुमा सहमति भइसकेको छ ।

सहमति हुन नसकेका वडाहरुमा आइतबार पनि सहमतिको प्रयास भइरहेको र सहमति हुन नसके मतदान प्रक्रियाबाटै भए पनि आइतबार झापाका सबै वडा अधिवेशन सम्पन्न हुने काँग्रेस झापाले जनाएको छ ।



नयाँ