arrow

अपाङ्गता भएका १० जनालाई स्कुटर 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
scooter.JPG

कपिलवस्तु ।  अपाङ्गता भएका स्थानीयहरूको दैनिक जीवनमा सहजता ल्याउन कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले अपाङ्गता भएका १० जनालाई चार पाङ्ग्रे स्कुटर प्रदान गरेको छ । 

अपाङ्गताका कारण हिँडडुल गर्न नसक्दा कष्टकर जीवन बिताइरहेका उनीहरूलाई सो स्कुटर प्रदान गरिएको हो । आइतबार गाउँपालिका अध्यक्ष निसार अहमद खाँ, उपाध्यक्ष सुधादेबी पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले उनीहरूलाई स्कुटर र साँचो हेलमेट हस्तान्तरण गरेका थिए । स्कुटर टिभिएस कम्पनीको १ सय १० सिसीको रहको छ । कुल २१ लाख लागतको स्कुटर प्रदान गरिएको अध्यक्ष खाँले बताए । 

अघिल्लो आर्थिक वर्ष पनि १० जना अपाङ्गता भएका व्यक्तिलाई पालिकाले स्कुटर प्रदान गरेको थियो । चालु आर्थिक बर्षकालागि पनि १० जना अपाङ्गता भएका व्यक्तिलाई स्कुटर प्रदान गर्न २२ लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए ।

 सानै उमेरमा पोलियोका कारण खुट्टामा समस्या आई हिँडडुल गर्न नसकेका पालिकाको वडाहरूबाट प्राथमिकताका आधारमा छनौट गरी १० जनालाई स्कुटर प्रदान गरिएको प्रमुख खाँले बताए । ‘ घिस्रिएर हिँड्न पर्दा घरमै सीमित भएका व्यक्तिहरूको दैनिक जीवनमा सहजताका लागि हामीले उनीहरूलाई स्कु्टी दिएका हौ ’ उनले भने । स्कुटर पाएर दुःखी जीवन बिताइरहेको उनीहरूको खुसीको लहर आउने उनले बताए ।

 ‘ स्कुटरले उनीहरूलाई आउजाउ गर्न मात्र होइन अब आफलै केही गरेर जीवन गुजारा समेत गर्न सक्छन् ’  उनले भने ‘ पालिकाले उनीहरूको दुःखी जीवनमा मलहम लगाएर सानो खुसी दिन खोजेका हो ’ उनले भने । पालिका उपाध्यक्ष पाण्डेयले अपाङ्गता भएका व्यक्तिहरूको दुःखी जीवन देखेर नै पालिकाले उनीहरूलाई स्कुटर दिएको बताइन । 

पालिकाको वडा नम्बर ३ गुलरी घर भई रुपन्देहीको तेनुहवा सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत अञ्जना कुर्मीले स्कुटरले आफूलाई अध्ययनमा निकै सहजता थपेको बताइन । आधा घण्टा लगाएर दैनिक विद्यालय साइकलमा आवतजावत  गर्ने गरेकी उनले अब भने ५ मिनट मै विद्यालय पुग्ने बताइन । सानैमा पोलियोका कारण खुट्टामा समस्या आएर हिँडडुल गर्न समस्या परेको उनले बताइन ।

 उनले स्कुटरले आफूलाई माथिल्लो कक्षामा पढ्न पनि उत्साह थपेको बताइन ।  गाउँपालिकाका सबै वर्ग र क्षेत्रलाई आवश्यकताको आधारमा भिन्न वितरणमुखी ,क्षमता विकास तथा अन्य सामाजिक र आर्थिक विकासका काम गदैै आएको अध्यक्ष निसार अहंमद खांले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ