arrow

पोखराबाट पाँच जना जुवाडे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
kouda-tash-juwa.jpg

पोखरा । पोखरामा पाँच जना जुवाडे पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं। १ सिम्पानीबाट उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीले आइतबार दिउसो फूलकुमारी गर्वुजाको कोठाबाट उनीहरूलाई रंगेहात पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको बताइन्छ ।

पक्राउ पर्नेमा ३४ वर्षकी फूलकुमारी गर्बूजा, ३४ वर्षकी धनदेवी पुर्जा, ४३ वर्षका कृष्णबहादुर कुँवर ४६ वर्षका बमबहादुर कार्की रहेका छन् ।

उनीहरूको साथबाट ४५ हजार ५८५ रुपैयाँ बरामद भएको डिएसपी हमालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ