arrow

बाह्र वर्षपछि म्यानचेष्टर युनाइटेडको जर्सीमा रोनाल्डो, प्रशिक्षणमा सहभागी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
ronaldo-manchester-united.jpg

काठमाडौं । पोर्चुगिच चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डो इङ्गलिश प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड फर्केका छन् । १२ वर्षपछि खोलो पनि फर्कन्छ भने जसरी रोनाल्डो १२ वर्ष अन्य दुई क्लबमा सहभागी भएर पुनः युनाइटेडमा फर्केका हुन् । 

उनी युनाइटेडमा अनुबन्धन भएपछि ३६ वर्षे रोनाल्डो पहिलो पटक प्रशिक्षणमा उत्रिएका छन् । विश्वकप छनोटको खेलमा आयरल्याण्डविरुद्ध दुई गोल गर्दै विश्वकै सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका रोनाल्डोले खुशी मनाउने क्रममा पहेँलो कार्ड खाएपछि दुई पहेँलो कार्डसहित रातो कार्ड खाएपछि छनोटको खेल गुमाउन पुगे ।

सोही अवसरलाई सदूपयोग गर्दै रोनाल्डो युनाइटेडको प्रशिक्षणमा सहभागी भएका हुन् । 

रोनाल्डो गत शुक्रबार इङ्गल्याण्ड पुगेर क्वारेन्टिनमा बसेपछि मंगलबार अभ्यासमा सहभागी भएका हुन् ।

रोनाल्डोले यसअघि सन् २००३ देखि २००९ सम्म युनायटेडबाट खेल्दा २९२ खेलमा ११८ गोल गरेका थिए ।

त्यसपछि उनी स्पेनिश क्लब रियाल मड्रिडमा रहे र सन् २०१८ देखि इटालियन क्लब युभेन्टसपछि अहिले युनाइटेडमा फर्केका हुन् । 

उनी पाँच पटकका बालोन डे’ओर विजेता हुन् । उनले युनाइटेडमा आफ्नो प्रिय लाग्ने ७ नम्बरको जर्सी नै पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ