arrow

कर्णालीका ३४२ जनप्रतिनिधिले एमाले त्यागे, एकीकृत समाजवादीमा गरे सनाखत 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
madhav-nepal-ncp-united-socialist.jpg

कर्णाली । कर्णालीका तीन प्रदेशसभा सदस्यसहित ३४२ जनप्रतिनिधिले नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । निर्वाचन आयोगले दिएको समय सीमाभित्र ती जनप्रतिनिधिले नेकपा (एमाले) त्यागेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन । 

कर्णाली प्रदेशसभामा अब एकीकृत समाजवादीका तीन सदस्य कायम भएका छन् । प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवी ओली र पदम रोकायाले एमाले त्यागेर नयाँ दल रोज्नुभएको हो । स्थानीय तहतर्फ ३३९ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

 प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले स्थानीय तह अन्तर्गत सुर्खेतका १५, दैलेखका ६३, जाजरकोटका १०, कालिकोटका ६५, हुम्लाका ५, मुगुका २८, जुम्लाका ४४, डोल्पाका ४२, सल्यानका ६४ र रुकुम पश्चिमका ३ जना रहेको जानकारी दिए । 

त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ९, चौकुने गाउँपालिकाका ३, पञ्चपुरी नगरपालिकाका २ र भेरीगंगा नगरपालिकाका १ जनाले एकीकृत समाजवादी रोजेका छन् । 

सुर्खेतका ९ स्थानीय तहमा गरी ९९ वडा छन् । एमालेले सिम्ता, लेकवेशी, चौकुनेमा प्रमुख÷उपप्रमुख तथा र वीरेन्द्रनगरमा उपप्रमुख जितेको थियो । प्रमुख÷उपप्रमुख सबै एमालेमै रहेका छन् भने एमालेले जितेका ४३ वडामा चार वडाध्यक्ष र वडा सदस्य ११ जनाले समाजवादी पार्टी रोजेका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ