arrow

कपिलवस्तुमा वीपी जयन्ती : गुट त्यागेर सङ्गठन निर्माण गर्नुपर्नेमा जोड 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २४ बिहिबार
kapilbastu-congress-bp.JPG

 कपिलवस्तु । १०८ औ वीपी जयन्ती कपिलवस्तुमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । नेपाली काँग्रेस कपिलवस्तु द्वारा आयोजित विचार गोष्ठीमा जननायक तथा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०८ औ जयन्तीका अवसरमा काँग्रेसलाई स्थानीय तह देखी नै मजवुद्ध पार्न पर्ने धारण आएको छ ।

 तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित अन्तरक्रियाका वक्ताहरूले नेता कार्यकर्ताहरूले आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड दिए । सो अवसरमा काँग्रेस नेता तथा पूर्व मन्त्री दीप कुमार उपाध्यायले काँग्रेस व्यक्तिगत र गुटगत स्वार्थमा लाग्दा कमजोर भएको बताए । उनले सङ्गठन विधि विधान अनुसार चल्नु पर्ने र त्यागको भावना समेत राख्नु पर्ने बताए । आसन्न पार्टीको १४ औ अधिवेशनलाई एकता अधिवेशन बनाउनु पर्ने उनले बताए ।

 अहिले पार्टीका अधिवेशनमा विवाद गरिए त्यसले आउने स्थानीय तहको निर्वाचनमा ठुलो असर गर्ने बताए । सो अवसरमा पार्टीको आमन्त्रित केन्द्रीय सदस्य राजेश सिंहले वीपीको बिचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । उनले २०१५ सालको पहिलो आम निर्वाचन तथा २०४६ सालको प्रजातन्त्र आउनुमा पनि वीपी कै ठुलो योगदान रहेको चर्चा गरे । उनले २०१७ सालका वीपीको निर्वाचित सरकारलाई हटाएर राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गरे पनि वीपीको व्यक्तित्व र बिचारलाई कदर गर्ने गरेको बताए । ‘वीपीको बिचार, व्यक्तित्व र सादगी वर्तमान परिवेशमा पनि सान्दर्भिक छ ’ उनले भने । 

पार्टी सभापति सुरेन्द्रराज आचार्यले वीपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तथा मेलमिलापको नीति अहिलेको आवश्यकता रहेको बताए । उनले वीपीले काँग्रेस कमजोर भएर प्रजातन्त्र समेत कमजोर हुने भनेको कुरा सही साबित भएको चर्चा गर्दा पार्टी वीपीको सिद्धान्तले चले धेरै समस्या टर्ने बताए । वीपीको सिद्धान्त अनुसार समाजमा भेदभाव, अन्याय र विभेदलाई त्याग्नु पर्ने बताए ।ौ महाधिवेशनका क्रममा जिल्लामा हुने निर्वाचनमा आफूले अन्तिम समय सम्म सहमतिको प्रयास गर्ने बताए । उनले पार्टीमा पुराना नेताहरूको सम्मान र नयाँहरूलाई समेत उचित स्थान हुनु पर्ने बताए । 

पूर्व पार्टी जिल्ला सभापति राजेश आचार्यले वीपीको बिचारलाई बिर्सँदै गएकाले अहिले पार्टीकामा धेरै समस्या उत्पन्न भएको बताए । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद तथा मेलमिलापको नीतिलाई अङ्गालिएर पार्टी बलियो हुने उनले बताए । पार्टीको अध्यक्ष पदका प्र त्यसा समेत रहेको उनले आफू पनि सहमतिको बाधक नरहेको तर पार्टीमा त्याग गरेकाहरूको समेत उचित सम्मान हुनु पर्ने बताए । त्यस्तै पूर्व सभापति सुधारक पाण्डेयले वपीको समाजवादको सिद्धान्त गाउँ गाउँ सम्म लैजानु पर्ने धारण राखे ।

 पार्टी सचिव प्रेम बहादुर रायमाझीको सञ्चालनमा भएको कार्यक्रममा पूर्व मन्त्री कमलेश कुमार शर्मा ,जिल्ला  उपाध्यक्ष अब्दुल कलाम खा, रामआषिष पाण्डेय, सचिव महेन्द्र पाठक, कोषाध्यक्ष शोहरत तेली पदम प्रसाद खनाल, ओजी अर्सद, प्रदेश सभा सदस्य रिना नेपाल पूर्व सचिव सुरेश शर्मा लगायतले मन्तव्य दिएका थिए ।  यस्तै वीपी जयन्तीमा कपिलवस्तुको शिवराज, बुद्धभुमी, बाणगंगा नगरपालिकामा समेत विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

वीपी जयन्तीमा विपन्न परिवारलाई सहयोग 
जयन्तीका अवसरमा तरुण दल कपिलवस्तु र नेबिसंघले बाणगंगा नगरपालिका बुङ्ची स्थित अति विपन्न एक परिवारलाई खाद्यान्न र स्टेस्नरी सहयोग गरेको छ । रुख बाट लडेर अपाङ्ग भए पछि खान लाउन समेत समस्या भएका राम प्रसाद थारुको परिवारलाई तरुण दलका अध्यक्ष शक्ति सिंह ठकुरी र नेबिसङ्घ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल वडा अध्यक्ष गणेश क्षेत्रीले संयुक्त रूपमा सो सामाग्री हस्तान्तरण गरेका थिए । 
 



नयाँ