arrow

डेब्युमै रोनाल्डोको दुई गोल, यस्तो छ प्रिमियर लिगका आठ खेलको नतिजा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २७ आइतबार
ronaldo-manchester-united1.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिगमा १२ वर्षपछि फर्केका पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डोले डेब्यु खेलमै दुई गोल गरेका छन् । म्यानचेस्टर युनाइटेडमा फर्केका रोनाल्डोले शनिबार रातिको खेलमा दुई गोल गरेका हुन् । 

न्यूकासल युनाइटेड विरुद्धको खेलमा म्यानचेस्टर युनाइटेड ४–१ गोल अन्तरले विजयी भयो । घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन डेब्यु खेलाडी रोनाल्डोले दुई गोल गर्दा ब्रुनो फर्नान्डेज र जेसे लिंगार्डले एक एक गोल गरे ।

१२ वर्षअघि युनाइटेडमा रहेका रोनाल्यो त्यसपछि स्पेनिश क्लब रियाल मड्रिड र इटालियन क्लब युभेन्ट्स हुँदै ३६ वर्षको उमेरमा फेरि युनाइटेड फर्केका हुन् । 

अन्य खेलको नतिजा
प्रिमियर लिगमा शनिबार ८ खेल भएका छन् । अन्य खेलहरुमा–
क्रिस्टल प्यालेस ३–० टोटनह्याम हट्सपर
आर्सनल १–० नर्विच सिटी
ब्रेन्टफर्ड ०–१ ब्राइटन एण्ड हभ आल्बियन
लेस्टर सिटी ०–१ म्यान्चेस्टर सिटी (बर्नार्डाे सिल्भा)
साउथह्याम्पटन ०–० वेष्ट ह्याम युनाइटेड
वाट्फोर्ड ०–२ वुल्भस्
चेल्सी (रोमेलु लुकाकु–२, माटेओ कोभासिस) ३–० एस्टन भिल्ला

अंक तालिका–
म्यान्चेस्टर युनाइटेड ४ खेलबाट १० अंकसहित शीर्ष स्थानमा रहँदा चेल्सी समान अंकसहित दोस्रो स्थानमा रहेको छ । 
९ अंकबाट म्यानचेस्टर सिटी, ब्राइटन र टोटनह्याम क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

३ खेलबाट लिभरपुल ७ अंकसहित एभर्टनसँग बराबरी गरिरहेको छ । लिभरपुलले आइतबार राति २१ः१५ बजे लिड्स युनाइटेडसँग उसकै मैदानमा खेल्दैछ ।  

नर्विचले मात्र अंकको खाता खोलेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ