arrow

सरकारी लक्ष्यको २३ प्रतिशतले लगाए पूर्ण खोप (प्रदेशगत विवरण)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २७ आइतबार
Infograph-vaccine-provinces.jpg

काठमाडौं। स्वास्थ्य मन्त्रालयको आइतबारे तथ्याङ्क अनुसार देशभर १ करोड ९ लाख ४० हजार ३ सय १ डोज खोप लगाइएको छ । यसमध्ये ५७ लाख ७३ हजार ६ सय १२ जनाले एक मात्रा (डोज) खोप लगाएका छन् भने, ५१ लाख ६६ हजार ६ सय ८९ जनाले पूर्ण मात्रा लगाएका छन् ।

सरकारले १८ वर्षमाथिका २ करोड १७ लाख मानिसलाई खोप लगाउने प्रारम्भिक लक्ष्य राखेको छ । २ करोड १७ लाखमध्ये ५१ लाख ६६ हजार अर्थात् करिब २३.८० प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।

कुन प्रदेशमा कति जनाले लगाए खोप ?

सबैभन्दा बढी खोप लगाउनेको सङ्ख्या बागमती प्रदेशमा रहेको छ । बागमती प्रदेशमा २२ लाख ४१ हजार १६ जनाले एक मात्रा र १९ लाख ५ हजार ६ सय ९० जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

दोस्रोमा लुम्बिनी प्रदेशमा ७ ला ख ३२ हजार ७ सय ५० जनाले एक डोज र ७ लाख ३२ हजार ७ सय ५० जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

यस्तै प्रदेश १ मा ७ लाख ६८ हजार ५ सय ६२ जनाले एक मात्रा र ७ लाख १६ हजार ४५जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

प्रदेश नम्बर २ मा ७ लाख ७३ हजार ९९२ जनाले एक मात्रा र ५ लाख २५ हजार ६१६ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

यस्तै गण्डकी प्रदेशमा ५ लाख ११ हजार ३ सय १९ जनाले एक मात्रा र ४ लाख ६० हजार २ सय २० जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

सुदूरपश्चिम प्रदेशमा ४ लाख ८८ हजार ७ सय ५३ जनाले एक मात्रा र ४ लाख ६१ हजार ८६८  जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

कर्णाली प्रदेशमा २ लाख ४७ हजार २ लाख ५७ हजार २ सय २३ जनाले एक मात्रा र २ लाख २८ हजार ९ सय ९० जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । 

कोरोना भाइरसविरुद्ध हालसम्म नेपाल भित्रिएका एस्ट्राजेनेका र भेरोसेल खोपको पूर्ण मात्रा भनेको दुई डोज हो । यद्यपि, जोन्सन एन्ड जोन्सनको जान्सेन खोपको एक डोज नै पूर्ण मात्रा हो । त्यसैले कतिपय प्रदेशमा एक मात्रा लगाउनेको सङ्ख्याकै हाराहारीमा पूर्ण खोप लगाउनेको सङ्ख्या छ ।



नयाँ