arrow

निजामती कर्मचारी युनियनको कपिलवस्तु अध्यक्षमा आले

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २८ सोमबार
suryaraj-acharya.JPG

कपिलवस्तु । नेपाल निजामती कर्मचारी युनियनको कपिलवस्तुको तौलिहवामा सम्पन्न आठौँ अधिवेशनबाट झकबहादुर आले निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । आलेको नेतृत्वमा कार्य समिति निर्विरोध रूपमा चयन भएको निर्वाचन मण्डलका संयोजक प्रवीण कुमार श्रीवास्तवले बताए । 

समितको खुला उपाध्यक्षमा नवीन खनाल र महिला उपाध्यक्षमा धनीश्वरी बैजाली समावेशी अध्यक्षमा प्रभुनाथ यादव निर्वाचित भएका छन् । सचिवमा राजेश सैनी सह सचिवमा सुदीप प्रसाद मौर्य, कोषाध्यक्षमा शिव कुमार यादव रहेका छन् । सदस्यहरूमा बुजशे यादव मोहन केसी, अनिल कुमार चौधरी, सञ्जीव कुमार सिंह, सुमित्रा भुसाल, साबित्रा चौधरी, पदमलाल घिमिरे, रमेश कुमार रेग्मी रहेका छन् । 

महाधिवेशन प्रतिनिधिहरूमा धनञ्जय नेपाल राम प्रसाद अधिकारी नीराजन लम्साल रामकृष्ण तेली सूर्य प्रसाद चापागाईँ छन् । नव निर्वाचित अध्यक्ष आलले कर्मचारीहरूको पेशागत हकहित र अधिकार स्थापनाका लागि आफू सधैँ लागि रहने बताए। 

अधिवेशनको काँग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले उद्घाटन गर्दै युनियनका सदस्य र पार्टी बिच समन्वय हुनु पर्ने बताए । सो अवसरमा पूर्व मन्त्री दीप कुमार उपाध्याय, युनियनका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोख्रेल, प्रदेश सदस्य रिना नेपाल, युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र प्रसाद अधिकारी, काँग्रेसका पूर्व जिल्ला सभापति सुधारक पाण्डेय बुद्धुभमी नगरपालिका मेयर केशव कुमार श्रेष्ठ, युनियनका सचिव गणेश भण्डारी ,जनक रावल लगायतले कर्मचारीहरूको समायोजन विधेयक , सङ्घीय निजामती ऐन समन्वय गरे मात्र पारित गर्नु पर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ