arrow

जिपी कोइराला फाउन्डेसन अमेरिकाले बाँड्यो शैक्षिक तथा स्वास्थ्य सामग्री 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २८ सोमबार
USA-GP.jpg

न्यूयोर्क । गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टरको अगुवाइमा विभिन्न दाताहरूबाट प्राप्त एवं फाउन्डेशनद्वारा खरीद गरी शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

विद्यालय जाने ५ देखि १० बर्ष उमेरका वालवालिकाहरूलाई निःशुल्क झोला, स्टेशनरी सामग्री, फाष्टफुड, मास्क तथा सेनीटाईजर र डाइपर समेतको विशेष प्याकेजगरी एक समारोहबीच वितरण गरिएको हो ।

वितरण कार्यक्रममा प्रमुख अतिथि न्युयोर्क राज्यकी एसेम्ब्ली ओमेन जेसीका गोन्जालेस रोजस् , विशेष अतिथि न्युयोर्क सिटी डिस्ट्रिक्ट २५ का डेमेक्रेटिक पार्टीका काउन्सिल मेनका नोमीनी शेखर कृष्णन्, क्वीन्स् सिभिल कोर्टकी डेमोक्रेटिक पार्टीबाट न्यायाधीश नोमीनी एन्ड्रीया ओग्लेको उपस्थिती थियो ।

कार्यक्रममा वालवालिकाहरूसँग प्रत्यक्ष साक्षात्कार गर्ने मौका दिएकोमा जिपी कोइराला फाउन्डेशन अमेरिकालाई विशेष धन्यवाद दिँदै न्युयोर्क राज्यकी एसेम्बली ओमेन जेशीका गोन्जालेस रोजसले आगामी दिनहरूमा नेपालीलगायत समुदायका सवैसँग हातेमालो गर्दै आवश्यक सहयोग गर्न प्रतिवद्धता जनाइन । त्यस्तै डिस्ट्रिक्ट २५ का डेमोक्रेटिक नोमीनी शेखर कृष्णनले फाउन्डेशन परिवारप्रति आभार प्रकट गरे ।

फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेले फाउन्डेशनको नेतृत्वमा सबै सहयोगी दाता एवं फाउन्डेशन स्वयंको समेत लगानीमा वालवालिकालाई शैक्षिक सामाग्री वितरण गर्न पाउँदा आफु र फाउन्डेशन अमेरिका च्याप्टरले गर्व महसुस गरेको बताए

कार्यक्रमलाई विशेष सहयोग गर्ने क्विन्स डेमोक्रेटिक लिडर एवं हिष्पानिक चेम्बर अफ कमर्शकी कोषाध्यक्ष याना हेनरीक्युज लगायत सबैलाई फाउन्डेशन परिवारको तर्फबाट विशेष धन्यवाद एवं आभार प्रकट गरिएको थियो ।

कार्यक्रममा फाउन्डेशन अमेरिका च्याप्टरका उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरिङ राप्के लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू प्रेम पौडेल, सुर्य सिंखडा, राजेश आचार्य, प्रेम क्षेत्री अधिकारी, प्रेम पौडेल र ध्रुव कुँवर क्षेत्रीले सक्रियता देखाएका थिए ।

एनआरएन न्यूयोर्क च्याप्टरका अध्यक्ष आंङ्ग छिरिंग शेर्पा, नेपाल भिजन ईन्कका अध्यक्ष मोहनकृष्ण श्रेष्ठ, घ्याल्सुम्दो सेवा संस्थाका निवर्तमान अध्यक्ष निमा ल्हमु एवं महासचिव चेन्जोम लामा, मिस नेपाल नर्थ अमेरिका विजेता गरिमा ज्ञवाली, नेपाल यु.एस पर्वतारोहण संघका अध्यक्ष पासाङ्ग निमा शेर्पा, वरिष्ठ समाजसेवी पुरुषोत्तम पन्थी, मानव अधिकारकर्मी एवं सामाजिक अभियन्ता तेन्जिङ छेयांग, अन्तर्राष्ट्रीय पत्रकार एंव ऐभिन्यूज टिभीकी संवाददाता सुनीता शर्मा कोईराला, नेका युवा नेता राजु रौनीयार, वरिष्ठ कलाकार एंव नेपाली अमेरिकन कलाकार संघका उपाध्यक्ष विमल डाँगी, समाजसेवी विष्णु रानामगर, समाजसेवी केशवराम राई र सेन्टोन लामा, मोरड समाज अमेरिकाका बुध्द पौडेल  लगायत उपस्थित भइ स्वयंसेवकको भुमिका निर्वाह गरेका थिए । उक्त कार्यक्रमबाट करिब दुई सय परिवार लाभान्वित भएको  फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ