arrow

कोभिशिल्ड र कोभ्याक्सिन लगाउनेमा दुई तीन महिनामै एन्टीबडी घट्दो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
corona-vaccine-inida-women.jpg
तस्वीर–फाइल ।

काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्ध अहिले निरन्तर खोप लगाउने कार्य चलिरहेको छ । नेपालमा अहिलेसम्म १ करोड १० लाख भन्दा बढीले खोप लगाइसकेका छन् । जसमा ५८ लाख ३३ हजार ९३८ जनाले पहिलो डोज र ५१ लाख ९८ हजार १९३ जनाले पूर्ण खोप लगाइसकेका छन् । 

विश्वमै खोप लगाउने होड चलिरहेको छ । तर कोरोनाको संक्रमण पनि भइरहेको छ । छिमेकी भारतमा मात्र ७५ करोड भन्दा बढी डोज खोप लगाइसकिएको छ । आगामी डिसेम्बरसम्म सबै युवालाई खोप लगाउन भारत सरकार लागिपरेको छ । 

खोप लगाएपछि कोरोना संक्रमण नहुने वा भइहाले पनि मृत्युको मुखमा पुग्नु नपर्ने दाबी गरिएको छ । तर एक अध्ययनले भने चिन्ता थपिदिएको छ । भारतको आईसीएमआर–रिजनल मेडिकल रिसर्च सेन्टर भुवनेश्वरले कोभिशिल्ड र कोभ्याक्सिन लगाउनेहरुमा दुई तीन महिनापछि एन्टीबडीको स्तर कम हुने बताएको छ । 

भारतीय टेलिभिजन आजतक टुडेसँगको कुराकानीमा डा देवदत्त भट्टाचार्यले कोभिशिल्ड र कोभ्याक्सिन दुवै डोज लगाएका कुल ६१४ सहभागीलाई राखेर गरिएको अध्ययन अनुसार दुई महिनापछि एन्टीबडी कम हुन थालेको बताए । 

आईसीएमआर र आरएमआरसीले गरेको अध्ययनअनुसार हेल्थ केयर वर्कर्सलाई २४ हप्तासम्म ९६ महिनासम्म० गरिएको अनुगमनमा उनीहरुमा परिवर्तन आएको हो । 

आईसीएमआर–आरएमआरसीका निर्देशक संघमित्रा पतीले एन्टीबडीमा गिरावट आए पनि एन्टीबडी बनिरहने बताए । दुई महिनापछि घटेको पाएपछि अब ६ महिनापछि फेरि अनुगमन गर्ने योजना बनाइएको छ । 

यो अध्ययन गत मार्चदेखि शुरु भएको थियो । एन्टीबडी घट्दै जाँदा बुस्टर डोजका बारेमा पनि छलफल चलिरहेको छ । 
 
नेपालमा पनि कोभिशिल्ड र एस्ट्राजेनेका गरी २४ लाख भन्दा बढीले एक डोज लगाएका छन् । जसमा दुवै डोज लगाउने १४ लाख छन् । 

यद्यपि कुन खोपको तागत कति छ भन्नेबारेमा अध्ययनमात्र भइरहेको छ यकिन अझै भइसकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ