प्रदेश २ : एकीकृत समाजवादीको संसदीय दलको नेतामा महतो
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
1.2k
Shares
जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) प्रदेश नं २ संसदीय दलको नेतामा शत्रुधन महतोलाई सर्वसम्मत चयन गरिएको छ । यसअघि नेकपा एमालेका संसदीय दलका नेता पनि महतो नै थिए ।
सोमबार प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेतामा महतोलाई चयन गरेको हो । उक्त पार्टीको उपनेता र सचेतक भने चयन हुन बाँकी छ ।
संसदीय दलको विधान सङ्घीय संसद्मा पार्टीले बनाएको विधान नै प्रदेशसभामा संशोधन गरिने नेता महतोले बताए । प्रदेश नं २ मा नेकपा एमालेका २१ सदस्यमध्ये १३ सदस्य नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।
उनी नेकपा एकीकृत समाजवादीमा पुगेपछि एमालेले संसदीय दलको नेता चयन गरेको छैन ।