arrow

रोनाल्डोको कीर्तिमानी खेलको गोलले पनि टरेन म्यानचेस्टर युनाइटेडको हार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
ronaldo-manchester-united-9.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा इङ्गलिश क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ । मंगलबार राति भएको समूह एफको खेलमा युनाइटेड क्रिष्टियानो रोनाल्डोको गोलका बाबजुद पनि पराजित भएको हो । 

युनाइटेड स्वीस क्लब योङ ब्वाइजसँग २–१ गोल अन्तरले पराजित भएको हो । १० खेलाडीमा समेटिएको युनाइटेडले शुरुआती अग्रता जोगाउन नसक्दा हार व्यहोर्नु परेको हो । खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । 

रोनाल्डोले च्याम्पियन्स लिगमा १३५ औं गोल गरेका हुन् । उनले सबैभन्दा धेरै च्याम्पियन्स लिग खेल्ने खेलाडीको कीर्तिमानसँग बराबरीसमेत गरेका छन् । रोनाल्डोले इकर क्यासिलासको १७७ खेलको कीर्तिमान बराबरी गरेका हुन् ।  

खेलको ३५ औं मिनेटमा युनाइटेडका आरोन वान बिसाकाले रातो कार्ड पाएपछि टिम १० जनामा समेटियो । 

खेलको ६६ औं मिनेटमा योङका निकोलसले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।

खेलको इन्जुरी समयमा थियोसन जोर्डनले गोल गर्दै योङलाई २–१ को जित दिलाए ।

रोनाल्डो यसै सिजनमात्र युनाइटेडमा आएका हुन् । उनले युनाइटेडबाट दोस्रो खेल खेलेका छन् । प्रिमियर लिगको पहिलो खेलमा दुई गोल गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ