arrow

खेलकुदबाट क–कसलाई कुन विभूषण ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३ आइतबार
gyanendra-malla.png
तस्वीर–क्रिकेट कप्तान ज्ञानेन्द्र मल्ल ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवाश्रीबाट विभुषित गर्ने भएकी छिन् । संविधान दिवसका अवसरमा सरकारले राष्ट्रिय टिमका कप्तानद्धयलाई प्रवल जनसेवाश्रीबाट विभुषित गर्ने भएको हो । 

चेम्जोङ साफको तयारीका लागि कतारमा बन्द प्रशिक्षणमा रहेका छन् । नेपालले माल्दिभ्समा असोज १५ गतेदेखि साफ खेल्दैछ ।

चेम्जोङ नेपालबाट सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन् । त्यस्तै उनी सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने गोलकिपर पनि बनेका छन् । 

त्यस्तै मल्ल आईसीसी विश्वकप क्रिकेट लिग– प्रतियोगिता खेल्न ओमानमा छन् । आइतबारै नेपालले अमेरिकासँग त्रिकोणात्मक सिरिजको अन्तिम खेल खेल्दैछ । 

मल्ल एक दिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी हुन् । उनले ओमानविरुद्ध भएको खेलमा अर्धशतकसमेत बनाएका थिए । 

खेलकुदबाट को को सम्मानित हुँदै ? 
जनसेवाश्रीबाट

–नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द
–तेक्वान्दो खेलाडी आयशा शाक्य
–तेक्वान्दो प्रशिक्षक वान योङ्ग डाल (कोरियाली) 
–अपाङ्गता भएको खेलाडीद्धय हिमाल अर्याल र केशव थापा ।
 

सुकीर्ति पदकबाट

–कराँते खेलाडी अनु अधिकारी
–ब्याडमिन्टन खेलाडी दीपक थापा
 –तेक्वान्दो प्रशिक्षक नर्वु लामा
–पावर लिफ्टिङ खेलाडी प्रकाश केसी
– खेल आयोजकबाट उत्तम न्यौपाने । 



नयाँ